images
images

स्वतन्त्र न्यायलयको पक्षमा उभिन डिएलएको आह्वान


  • 272
    SHARES
  • २०७८ कार्तिक १७ गते बुधबार

    स्वतन्त्र न्यायलयको पक्षमा उभिन डिएलएको आह्वान

    काठमाडौं । नेपाल डमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए) ले जनताको न्याय पाउने हकको पक्षमा र स्वतन्त्र न्यायपालिकाको रक्षाको पक्षमा एकजुुट भएर उभिन आह्वान गरेको छ ।

    डिएलएका महासचिव लक्ष्मीदेवी दाहालले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सबै सेचत समुदायलाई संविधानप्रदत्त जनताको न्याय पाउने हक र स्वतन्त्र न्यायपालिकाको रक्षाको पक्षमा एकजुट हुन आह्वान गरिएको छ ।
         
    “अन्तर्राष्ट्रिय तहमा हाम्रो् न्यायलयको साख, विश्वास र प्रतिष्ठाको उचाइ आजपर्यन्त गौरवपूर्णरुपमा छ, सो साख जोगाउँदै  यस विषम् परिस्थितिमा सहज निकास खोज्न र यो गतिरोध अन्त्य गरी न्यायपालिकाको स्वर्णीम इतिहासलाई जोगाउन अघि बढौँ”, विज्ञप्तिमा भनिएको छ ।

    त्यस्तै, न्यायपालिकाभित्र रहेको विकृति, विसङ्गति, भ्रष्टाचार समाप्त गर्न विचौलिया नियन्त्रणसम्बन्धी अध्ययन प्रतिवेदनसमेत यथाशीघ्र कार्यान्वयन गरी न्यायपालिकाको गरिमा बढाउने कार्यमा लाग्न सम्बन्धित जिम्मेवार निकायसँग डिएलएले अपिल गरेको छ । 


    images
    images

    Logo