images
images

आयोजना बन्द गर्ने चेतावनी दिएका अपर तामाकोशीका कर्मचारीले लिए आन्दोलन फिर्ता


  • 458
    SHARES
  • २०७८ कार्तिक १७ गते बुधबार

    आयोजना बन्द गर्ने चेतावनी दिएका अपर तामाकोशीका कर्मचारीले लिए आन्दोलन फिर्ता

    काठमाडौं । आयोजना बन्द गर्ने चेतावनी दिएका अपर तामाकोशीका कर्मचारीले आन्दोलन फिर्ता लिएका छन् । अस्थायी, करारमा राखिएका कर्मचारीलाई आयोजना सम्पन्न भएसँगै स्थायी गराउनुपर्नेलगायतका तीन बुँदे माग राख्दै कर्मचारीले यही कात्तिक १३ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएको थिए  । 

    आयोजनामा हाल ११४ अस्थायी र करारका कर्माचारी रहेको जनाइएको छ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका कार्यकारी निर्देशक विज्ञानप्रसाद श्रेष्ठले कर्मचारीका मागलाई वार्ता र संवादबाट सम्बोधन  गर्न मौखिक सहमति भएको बताए ।  

    लामाबगरमा निर्माण भएको ४५६ मेगावाट क्षमताको माथिल्लो सो आयोजना केही महिनाअघिदेखि मात्र पूर्ण क्षमतामा उत्पादन हुँदै आएको छ । आयोजना निर्माण सम्पन्न भइ उत्पादन सुरु भएको केही समय बित्न नपाउँदै कर्मचारीहरु आन्दोलित बनेका थिए । 


    images
    images

    Logo