काठमाडौं । सीता एयरको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटना भएको छ । धावनमार्गमा बँदेलसँग ठोकिएर सो दुर्घटना भएको छ । मंगलबार बिहान नेपालगञ्जबाट हुम्लाको सिमिकोट उड्न लागेको जहाज धावनमार्गमा गुड्दै गर्दा बँदेलसँग ठोकिन पुग्दा दुर्घटनामा परेको हो ।
दुर्घटनाबाट जहाजको अगाडिपट्टीको नोजल ल्यान्डिङ गियर भाँचिएको र धावनमार्गमै रोकिएको नेपाल प्रहरीका श्याम कृष्ण अधिकारी जानकारी दिए । यद्यपि, सो दुर्घटनाबाट कुनै मानवीय क्षति भने नभएको भएको छैन । विमानमा चालकदलसहित १४ जना यात्रु थिए। दुर्घटनाका कारण अहिले विमास्थल बन्द भएको छ ।