images
images

सामलिङ्ग पावरको आईपीओ बाँडफाँड, ३ प्रतिशतले पाए शेयर, कसरी हेर्ने ? 


  • 539
    SHARES
  • २०७८ कार्तिक १६ गते मंगलबार

    सामलिङ्ग पावरको आईपीओ बाँडफाँड, ३ प्रतिशतले पाए शेयर, कसरी हेर्ने ? 

    काठमाडाैं । समलिङ्ग पावर कम्पनी लिमिटेड आईपीओ बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्टले सो शेयरको मंगलबार बाँडफाँट गरेको हो । एसबीआई मर्चेन्टको कार्यालयमा भएको बाँडफाँडमा २१ लाख २० हजार ८८ सय ८ जना बाँडफाँटका लागि योग्य भएको जनाइएको छ । ९ हजार ९ सय ८६ वटा आवेदन रद्द भएको थियो 

    बाँडफाँटमा योग्य भएका मध्ये ६७ हजार ८९० जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन् । यो कुल योग्य आवेदकको झन्डै ३ प्रतिशत मात्रै हो । बाँडफाँट भएको उक्त शेयर केही समयभित्रै आफ्नै मेरोशेयर एकाउन्ट, सीडीएसको आईपीओ रिजल्ट हेर्ने प्लेटफर्म र नेपाल एसबीआई मर्चेन्टको बेभसाइटबाट हेर्न सकिने जनाइएको छ । 


    images
    images

    Logo