काठमाडौं । कृषि विकास बैंकका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले राजीनामा दिएका छन् । अर्थमन्त्री जनार्दन शर्माको चाहनामा निरौलाले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।
राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक समेत रहेका निरौला डेढ वर्षअघि सीईओमा नियुक्त भएका थिए । तात्कालिन केपी ओली सरकारले नियुक्त गरेका उनलाई सरकारसँगै परिवर्तन भएका अर्थमन्त्रीले नरुचाएका हुन् ।