काठमाडौं । भारतीय आयल कर्पोरेसनबाट नयाँ मूल्य प्राप्त भएसँगै नेपाल आयल निगमको नोक्सान फेरि चुलिएको छ । केही दिन अघिमात्रै मूल्य समायोजन गरेर नोक्सानलाई केही तल झारेको निगमले सोमबार आईओसीबाट नयाँ मूल्य पाएको हो ।
सो मूल्यमा अनुसार पेट्रोलमा ७.४२ रुपैयाँ, डिजेलमा ३.९२ रुपैयाँ र मट्टितेलमा ११.४९ रुपैयाँ र हवाई इन्धनमा ४.११ रुपैयाँ तथा एलपी ग्यासमा प्रति सिलिन्डर २ सय ४६ रुपैयाँ ४७ पैसा मूल्य बढेर आएको हो ।
बढेको मूल्यसँगै निगमलाई पेट्रोलमा २०.०४ रुपैयाँ, डिजेलमा १५.६२ रुपैयाँ र आन्तरिक हवाई इन्धनमा ०.०१ रुपैयाँ तथा खाना पकाउने ग्यासमा ७२१.६९ रुपैयाँ नोक्सानको अवस्था रहेको जनाइएको छ । मट्टितेलमा १३.०५ रुपैयाँ र बाह्य हवाई इन्धनमा १४.६२ रुपैयाँ नाफा रहेको निगमले जनाएको छ ।