images
images

माल्दिभ्सबाट आइपुग्यो  दुई लाख मात्रा एस्ट्राजेनिका खोप 


  • 505
    SHARES
  • २०७८ कार्तिक १५ गते सोमबार

    माल्दिभ्सबाट आइपुग्यो  दुई लाख मात्रा एस्ट्राजेनिका खोप 

    काठमाडौं । माल्दिभ्सबाट कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनिका नेपाल आइपुगेको छ । माल्दिभ्स सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको २ लाख १ हजार ६ सय मात्रा खोप गए राति काठमाडौँ आइपुगेको हो । 

    स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार ती खोपलाई अहिले टेकुस्थित विभागको खोप भण्डारण कक्षमा राखिएको छ । उनले खोप लगाउन बाँकीलाई उक्त खोप लगाइने बताए । नेपालमा अहिलेसम्म ८६ लाख ६८ हजार ५९२ जनालाई पहिलो मात्रा र ७१ लाख ८९ हजार ६८९ जनालाई पूर्ण मात्राको खोप लगाइसकेको छ ।


    images
    images

    Logo