images
images

स्वावलम्बन लघुवित्तका सीईओसहित १९ जना कर्मचारी पक्राउ


  • 5.2K
    SHARES
  • २०७८ कार्तिक १४ गते आइतबार

    स्वावलम्बन लघुवित्तका सीईओसहित १९ जना कर्मचारी पक्राउ

    काठमाडौं । स्वावलम्बलन लघुवित्तका प्रमुख कार्यकारी अधिकृत उदयराज खतिवडा सहित १९ जना कर्मचारी पक्राउ परेका छन् ।

    लघुवित्तको कार्यालयमा चलिरहेको कर्मचारी आन्दोलनको क्रममा झडपको अवस्था सिर्जना भएपछि सीईओ खतिवडा, संस्थाका नायव महाप्रबन्धक एवं आन्दोलनमा संलग्न १७ जना कर्मचारी पक्राउ परेका हुन् । 

    आइतबार दिउँसो पक्राउ परेका उनीहरुलाई अपरान्ह छाडिएको थियो । संस्थाले ७ जना कर्मचारीलाई बर्खास्त गर्ने भन्दै प्रष्टीकरण सोधेपछि लामो समयदेखि चलिरहेको आन्दोलन अहिले उग्र बन्दै गएको छ ।


    images
    images

    Logo