images
images

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ प्रभावित


  • 414
    SHARES
  • २०७८ कार्तिक १४ गते आइतबार

    सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ प्रभावित

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दाको सुनुवाइका लागि आज इजलास तोकेपनि सुनुवाइ हुन सकेन । प्रधानन्यायाधीश राणाको एकल इजलासमा मात्र सुनुवाइ भयो ।

    सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीशले मुद्दाको सुनुवाइका लागि पेसी तोकेपनि प्रधानन्यायाधीशको एकल इजलासमा मात्र सुनुवाइ भएको बताए ।

    गत आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि प्रश्न उठाउँदै न्यायाधीशहरु इजलासमा उपस्थित भएका छैनन् ।

    प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशका रुपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशहरुलाई पनि संविधान र कानुनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गरेका छन् ।

    अदालतमा बेञ्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । यसका कारण टाढाबाट आएका सेवाग्राहीहरु पनि मर्कामा परेका छन् । 


    images
    images

    Logo