images
images

पुनर्बीमा कम्पनीका अध्यक्ष भन्छन्, ‘एनआरआईसीलाई एशियाले विश्वास गर्ने कम्पनी बनाउँछु’


  • 670
    SHARES
  • २०७८ कार्तिक १२ गते शुक्रबार

    पुनर्बीमा कम्पनीका अध्यक्ष भन्छन्, ‘एनआरआईसीलाई एशियाले विश्वास गर्ने कम्पनी बनाउँछु’

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष डा. रवीन्द्र घिमिरेले आफ्नो कार्यकालमा पुनर्बीमा कम्पनीलाई एशियाली राष्ट्रहरुमै चिन्ने र विश्वास गर्ने कम्पनी बनाउने बताएका छन् । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा आज मात्रै शपथ लिएका घिमिरेले पुनर्बीमाको बजार अन्तराष्ट्रिय हुने भन्दै अन्तराष्ट्रिय स्तरको बीमा अभ्यासमा कम्पनीलाई विश्वसनीय बनाउने बताए । 

    ‘बीमा भनेको लोकल हुन्छ, पुनर्बीमा भनेको अन्तराष्ट्रिय हुन्छ । हामीले विदेशीको विश्वास जितेरै बिजिनेस ल्याउने हो । विदेशीले हाम्रो कम्पनीमा जोखिम हस्तान्तरण गर्दा पनि हामीमा विश्वास गर्नैपर्छ । त्यही विश्वास बढाउने कुरामा पुनर्बीमा कम्पनी केन्द्रित हुनुपर्छ,’ घिमिरेले भने, ‘अहिले हामी दक्षिण एशियाली राष्ट्रमा मात्रै चनिने अवस्थामा छौं । हाम्रो लक्ष्य त पुनर्बीमा कम्पनीलाई विश्वकै स्थापित कम्पनीको रुपमा विकास गर्ने हो । तर, तत्कालको लागि यसलाई एशियाली बजारसम्म विस्तार गर्नुपर्छ ।’

    त्यसका विश्वसनीय अन्तराष्ट्रिय रेटिङ कम्पनीबाट कम्पनीको रेटिङ गर्ने, देशको रेटिङका लागि पहल गर्ने, कम्पनीमा अन्तराष्ट्रिय स्तरका कर्मचारीको नियुक्ति गर्ने, कम्पनीलाई प्राविधिक तथा वित्तीय रुपमा अँतराष्ट्रिय स्तरको र प्रतिस्पर्धी अवस्थामा पुर्याउने काम अहिलेको मुख्य चुनौती रहेको उनले औंल्याए ।


    images
    images

    Logo