images
images

प्रहरीद्वारा ४ लाख बराबरको सामान बरामद 


  • 472
    SHARES
  • २०७८ कार्तिक १२ गते शुक्रबार

    प्रहरीद्वारा ४ लाख बराबरको सामान बरामद 

    पर्सा । प्रहरीले ४ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ । अवैध रुपमा भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको करिब ४ लाख ५५ हजार ४ सय ६० रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका लत्ताकपडा बुधबार प्रहरीले बरामद गरेको छ । 

    अवैध रूपमा भन्सार छली वीरगंज महानगरपालिकास्थित ईनर्वागाउँ, नगवा र लिंकरोडमा ल्याई ओसारपसार गर्दै गरेको अवस्थामा फेला पारी प्रहरीले उक्त लत्ताकपडाहरु बरामद गरेको हो । बरामद लत्ताकपडाहरु आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

     


    images
    images

    Logo