काठमाडौं । फेसबुक कम्पनीको नाम परिवर्तन भएको छ । फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले कम्पनीको नाम परिवर्तन गरी भएको घोषणा गरेका हुन् । अब कम्पनीको नाम मेटा रहनेछ । मेटाभर्स प्रणालीमा जाने भएकोले कम्पनीको नाम नै मेटा राखिएको हो ।
तर, अहिले सो कम्पनीले सञ्चालन गरेको सामाजिक सञ्जाल भने यथावत नै रहनेछ । अहिले सो कम्पनीले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलससहित ४ सामजिक सञ्जालको सञ्चालन गर्दै आएको छ ।