images
images

प्रतियुनिट डेढ रुपैयाँसम्म घट्यो बिजुलीको महशुल, अब कति तिर्नुपर्छ ? 


  • 2.0K
    SHARES
  • २०७८ कार्तिक १० गते बुधबार

    प्रतियुनिट डेढ रुपैयाँसम्म घट्यो बिजुलीको महशुल,  अब कति तिर्नुपर्छ ? 

    काठमाडौं । विद्युत् नियमन आयोगले विद्युतको नयाँ महशुल दर निर्धारण गरेको छ । मंसिर १ गतेदेखि लागु हुनेगरी आयोगले विद्युत्को महशुलमा परिमार्जन गरेको हो । 

    प्रस्तावित नयाँ तालिका अनुसार ५ एम्पियरको मिटर लिएर २० युनिटसम्म खपत गर्ने ग्राहकलाई विद्युत् महशुल निःशुल्क गरी ३० रुपैयाँ मासिक शुल्क कायम गरिएको छ । त्यस्तै, यसअघि १ सय ५० युनिटदेखि २ सय ५० युनिटसम्म खपत गर्नेलाई प्रतियुनिट १० रुपैयाँ शुल्क लाग्दै आएकोमा त्यसलाई ९.५० रुपैयाँमा झारिएको छ । 

    ४०० युनिटभन्दा धेरै विद्युत् खपत गर्नेले यसअघि १२ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था रहेकोमा त्यसलाई ११ रुपैयाँमा झारिएको छ । 

    थ्रिफेज मिटर प्रयोग गर्ने व्यवसायिक तथा औद्योगिक ग्राहकका लागि ४०० युनिटसम्म १०.५० रुपैयाँ र सोभन्दा बढीका लागि वर्षायाममा १०.५० रुपैयाँ र हिँउदमा ११.५० रुपैयाँ शुल्क कायम गरिएको छ । यसअघि ४०० युनिटसम्म ११.५० र सोभन्दा बढीका लागि १२ रुपैयाँ शुल्क तोकिएको थियो । 

    उता सिँचाई तथा खानेपानी वितरणको प्रयोजनको लागि खपत हुने विद्युतमा भने प्रतियुनिट २ रुपैयाँ मात्रै शुल्क कायम गरिएको छ । सरकारले बजेटमार्फत् ल्याएको सहुलियतलाई कार्यान्वयन गर्ने गरि आयोगले यस्तो महशुल दर निर्धारण गरेको हो । 

    आयोगले यसअघि नेपाल विद्युत् प्राधिकरणको सिफारिस बमोजिम नयाँ महशुल दर प्रस्ताव गर्दै त्यसमा आवश्यक सल्लाह सुझावका लागि सार्वजनिक सूचना जारी गरेको थियो । त्यसको केही समयपछि आयोगले सम्बन्धित क्षेत्रका सरोकारवाला र आम नागरिकलाई राखेर सार्वजनिक सुनुवाई समेत गरेको थियो । सुनुवाईका क्रममा विद्युतको महशुल दर र अन्य व्यवस्थाका सम्बन्धमा दर्जनाै सुझावहरु आएका थिए । 

    उल्लेखित महशुल दरलाई अब विद्युत प्राधिकरणले कार्यान्वयनमा लैजानु पर्नेछ । 


    images
    images

    Logo