images
images

कोरोना प्रभावित पर्यटन तथा घरेलु उद्योगका कर्मचारीलाई १ अर्ब बराबरको कर्जा प्रवाह


  • 721
    SHARES
  • २०७८ कार्तिक ९ गते मंगलबार

    कोरोना प्रभावित पर्यटन तथा घरेलु उद्योगका कर्मचारीलाई १ अर्ब बराबरको कर्जा प्रवाह

    काडमाडौं । सरकारले कोरोनाबाट प्रभावित पर्यटन तथा घरेलु उद्योगका कर्मचारी तथा श्रमिकका लागि चालू आर्थिक वर्षको दोस्रो महिनासम्ममा १ अर्ब रुपैयाँ बराबरको कर्जा उपलब्ध गराएको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ उक्त परिमाणको कर्जा उपलब्ध गराइएको हो । कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको पर्यटन, घरेलु, साना तथा मझौला उद्यमलाई राहत उपलब्ध गराउने गरी सरकारले विशेष व्यवस्था गरेको छ ।

    आव २०७७/७८ र चालू आवको बजेटमा समेत कोरोना प्रभावित क्षेत्रलाई विशेष राहतको व्यवस्था गरेको छ । सो बैंकले समेत गत आव र चालू आवको मौद्रिक नीतिमा समेत व्यवसाय र उद्यमका पक्षमा विशेष नीतिगत प्रबन्ध गरेको छ ।

    बैंकले सोमबार जारी गरेको चालू आवको दोस्रो महिनाको विवरणअनुसार कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा रु एक अर्ब स्वीकृत भएको जनाएको छ ।

    यस्तै केन्द्रीय बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा गत भदौ मसान्तमा १ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ बराबरको छ ।  सो अवधिसम्म १ लाख २० हजार ७ सय १५ ऋणीले सहुलियतपूर्ण कर्जा प्रवाह लिएका छन् ।

    उक्त कर्जामध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५१ हजार २ सय ७२ ऋणी लाभान्वित छन् । ती ऋणीले १ खर्ब २१ अर्ब ६ करोड रुपैयाँ कर्जा लिएका छन् । महिला उद्यमशील कर्जा अन्तर्गत ६६ हजार ६ सय ९० महिला उद्यमी  लाभान्वित भएका छन । सो शीर्षकमा ६२ अर्ब ३७ करोड कर्जा  उपयोग भएको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ७ ५३ ऋणी लाभान्वित भएको केन्द्रीय बैंकले जनाएको छ । 


    images
    images

    Logo