images
images

नेपाल एयरलाइन्सको संरचना फेरि फेरियो, कार्यकारी अधिकारसहित नयाँ अध्यक्ष नियुक्त

युवराज अधिकारी बने निगमको कार्यकारी अध्यक्ष


  • 408
    SHARES
  • २०७८ कार्तिक ९ गते मंगलबार

    नेपाल एयरलाइन्सको संरचना फेरि फेरियो, कार्यकारी अधिकारसहित नयाँ अध्यक्ष नियुक्त

    काठमाडौं । नेपाल वायुसेवा निगमको संरचना फेरि फेरिएको छ । यसअघि महाप्रबन्धकलाई कार्यकारी अधिकार रहनेगरी व्यवस्था गरिएकोमा फेरि अध्यक्षलाई कार्यकारी अधिकार दिने व्यवस्था गरिएको हो । 

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले युवराज अधिकारीलाई कार्यकारी अध्यक्षमा नियुक्त गरिएको हो । कार्यकारी अध्यक्षको नियुक्तिसँगै महाप्रबन्धक डिमप्रसाद पौडेलको भूमिका खुम्चिने भएको छ । 

    निगममा यसअघिदेखि नै कार्यकारी को हुने भन्ने निश्चित छैन । कहिले महाप्रबन्धकलाई त कहिले अध्यक्षलाई कार्यकारी अधिकार दिने व्यवस्था सुगतरत्न कंसाकारको पालादेखि नै चलिरहेको छ । 

    तात्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले झापाका मदन खरेललाई निगमको कार्यकारी अध्यक्ष बनाएको थियो । तर, उनको नेतृत्व असक्षम भएको भन्दै अघिल्लो वर्ष बैशाखमा पूर्व पर्यटन सचिव सुशील घिमिरेलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिइएको थियो । 

    तर, सोही वर्ष असोजमा सरकारले डिमसाद पौडेललाई निगमको महाप्रबन्धकको रुपमा नियुक्त गरी कार्यकारी अधिकार उनैलाई दियो । योसँगै कार्यकारी अधिकारसहितको अध्यक्ष सेरेमोनियल अध्यक्षमा रुपान्तरण भए ।

    नयाँ सरकार गठन भएपछि तात्कालिन अध्यक्ष सुशील घिमिरेले राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गर्दै सरकारले अहिले फेरि अध्यक्षलाई नै कार्यकारी अधिकार दिनेगरी निर्णय गरिएको हो । 


    images
    images

    Logo