images
images

अफगानिस्तानबाट भागेर आएका ११ जना पक्राउ, ‘हामीलाई नफर्काउनुस्, तालिवानले मार्छ’


  • 501
    SHARES
  • २०७८ कार्तिक ८ गते सोमबार

    अफगानिस्तानबाट भागेर आएका ११ जना पक्राउ, ‘हामीलाई नफर्काउनुस्, तालिवानले मार्छ’

    काठमाडौं । अफगानिस्तानमा तालिवान शासनपछि भागेर नेपाल आएका ११ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोलीले सिनामंगलबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरु कात्तिक ४ गते बेलहिया नाका हुँदै नेपाल प्रवेश गरेको बुझिएको छ । 

    पक्राउ पर्नेमा ७ जना पुरुष, १ जना महिला र ३ जना बालबालिका छन् । एक परिवारका ५ जना र अन्य ६ जना रहेका छन् । ५ जनाको परिवारमा पतीपत्नी, दुई छोरी र एक छोरा र अन्य ६ जनाको टोलीमा ६ जना नै पुरुष रहेका छन् । उनीहरुमध्ये केहीसँग नक्कली भारतीय आधार कार्ड समेत रहेको सीआईबीले जनाएको छ । 

    उनीहरु अफगानिस्तानमा तालिवान विरोधी सरकारमा रहेर काम गरेको बताइएको छ । पक्राउ परेका उनले आफूलाई शरण दिन आग्रह गरेका छन् । जबर्जस्ती अफगानिस्तान फिर्ता पठाए तालिवानले आफूहरुलाई मार्ने भन्दै उनीहरुले शरण दिन आग्रह गरिरहेको जनाइएको छ । 

    पक्राउ परेकाहरुलाई सीआईबीले अध्यागमन विभागमा बुझाउने तयारी गरेको छ । अध्यागमनले उनीहरुलाई संयुक्त राष्ट्रसंघीय शरणार्थी आयोगलाई बुझाउँछ । आयोगले उनीहरुको सुरक्षा जोखिमका आधारमा निर्णय गर्ने गर्छ । 

    सीआईबीको अनुसन्धानले उनीहरुबाट नेपालमा सुरक्षा जोखिम भने नरहेको निष्कर्ष निकालेको छ। 


    images
    images

    Logo