images
images

तिहारअघि नै सवारी लाइसेन्सको नयाँ आवेदन खुल्ने, राजपत्रमा छाप्न सूचना पठाइयो


  • 805
    SHARES
  • २०७८ कार्तिक ७ गते आइतबार

    तिहारअघि नै सवारी लाइसेन्सको नयाँ आवेदन खुल्ने, राजपत्रमा छाप्न सूचना पठाइयो

    काठमाडौं । कात्तिक दोस्रो सातादेखि स्मार्ट लाइसेन्सको नयाँ आवेदन खुला हुने भएको छ । करिब छ महिना बन्द भएको नयाँ आवेदन दोस्रो सातादेखि खुला गर्ने तयारी भएको विभागले जनाएको छ । गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द छ । ट्रायल परीक्षा भने सुचारु गरिएको थियो । 

    कोरोना महामारीअघिसम्म नयाँ लाइसेन्सको आवेदन दिनेको सङ्ख्या दैनिक आठ हजार थियो । लामो समयसम्म आवेदन बन्द हुँदा लाइसेन्सको माग बढ्ने अनुमान विभागको छ । एक्कासि चाप बढ्न सक्ने भएकाले त्यसैअनुसारको तयारीसाथ खुला गर्न लागिएको विभागका प्रवक्ता डा। भुसालले जानकारी दिए ।

    विभागले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न राजपत्रमा सूचना प्रकाशन गर्न लागिएको जनाएको छ । सवारीसाधनको विवरण डिजिटल प्रणालीमा राख्न इम्बोस्ड नम्बर प्लेट लागूू गरिएको थियो । राजपत्रमा प्रकाशन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सूचना पठाइसकिएको उनले बताए । २०७७ साउन १ गतेबाट पुनः सुचारु गरिए पनि नम्बर प्लेट राख्न आउनेको सङ्ख्या कम भएकाले अनिवार्य गर्न लागिएको हो । विभागले २०७४ भदौ ५ गतेबाट इम्बोस्ड नम्बर प्लेट वितरण सुरु गरेको थियो ।

    लाइसेन्सको प्रतीक्षामा ७ लाख आवेदक

    यातायात व्यवस्था विभागले सात लाख प्रति सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गर्न सकिरहेको छैन । सात लाख व्यक्तिले करिब डेढ वर्षदेखि लाइसेन्स कु्रिरहेका छन् तर विभागले भने छपाइ कार्ड सकिएको भन्दै हाल छपाइ कार्य नै बन्द गरेको छ । अत्यावश्यक बाहेक हाल छपाइ कार्य नभएको विभागले जनाएको छ ।

    छपाइ गर्न बाँकी लाइसेन्सको काम तिहारपछि गरिने भएको छ । यो महिनाभित्रै कार्ड आइसकेपछि बाँकी छपाइको काम सुरु गरिने विभागका प्रवक्ता डा। लोकनाथ भुसालले जानकारी दिए । फ्रान्सबाट १४ लाख प्रति कार्ड ल्याइँदै छ, जसमध्ये छपाइ गर्न बाँकी सात लाख लाइसेन्सको छपाइ गरिने बताउँदै उहाँले भन्नुभयो, ‘‘कार्ड आउनासाथ बाँकी रहेका लाइसेन्सलाई पहिलो प्राथमिकता दिएर छपाइ कार्य गरिनेछ ।’’ २०७२ सालमा स्मार्ट लाइसेन्स लागू भएपछि प्रिन्ट गर्ने काम बाँकी रहँदै आएको हो । ग्लोबल टेन्डर प्रक्रिया नै ढिला गरी खुला गरिएकाले कार्डको अभाव हुन गएको विभागले जनाएको छ ।


    images
    images

    Logo