images
images

५ दिनपछि विराटनगर विमानस्थल सुचारु, राती उडान नहुने


  • 317
    SHARES
  • २०७८ कार्तिक ६ गते शनिबार

    ५ दिनपछि विराटनगर विमानस्थल सुचारु, राती उडान नहुने

    विराटनगर । डुबानका कारण अवरुद्ध विराटनगर विमानस्थल सञ्चालनमा आएको छ । बेमौसमी वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि अवरुद्ध हवाई सेवा ५ दिनपछि शनिबार बिहानदेखि सञ्चालनमा आएको छ । 

    कात्तिक १ र २ गतेको अविरल वर्षापछि आएको बाढीले गत मङ्गलबार विमानस्थल डुबानमा परेपछि यहाँबाट हुने सबै उडान अवरुद्ध भएको थियो । विमानस्थलको सबै उपकरणको चेकजाँच नसकिएकाले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र उडान हुने विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख उत्सव खरेलले जानकारी दिए । 

    विराटनगरबाट हुने उडान सेवा अवरुद्ध भएपछि यात्रुको सुविधाका लागि विमान कम्पनीले विकल्पका रुपमा भद्रपुरबाट  उडान थपेर भएपनि सेवा दिइरहेका थिए । विराटनगर विमानस्थलबाट दैनिक बुद्ध एयरको नौ, यति एयरको पाँच, सौर्य एयर र श्री एयरलाइन्सले चार/चार तथा गुण एयरलाइन्सले एकवटा उडान भर्दै आएको छ ।


    images
    images

    Logo