images
images

सभामुख आफ्नो हुँदा अष्टलक्ष्मी सरकारको आयु लम्बियो


  • 398
    SHARES
  • २०७८ कार्तिक ४ गते बिहीबार

    सभामुख आफ्नो हुँदा अष्टलक्ष्मी सरकारको आयु लम्बियो

    हेटौंडा । मतविभाजन प्रक्रियामा सभामुखको ढिलाइका कारण अष्टलक्ष्मी शाक्य नेतृत्वको वाग्मती सरकारको आयु लम्बिएको छ । विश्वासको मतका लागि मुख्यमन्त्री शाक्यले राखेको प्रस्तावको छलफल पटकपटक सरेपछि सरकारको आयु लम्बिएको हो । 

    नियुक्ति भएको ३ दिनसभत्र विश्वासको मत लिनुपर्ने व्यवस्था कमोजिम शाक्यले दशैंअघि नै विश्वासको मतका लागि प्रस्ताव राखेकी थिइन् । तर, सभामुख सानु श्रेष्ठले विश्वासको मतसम्बन्धी प्रस्तावउपर छलफल सुरु गरेर कात्तिक ४ गतेसम्मका लागि लम्ब्याएका थिए । आज भएको दोस्रो छलफलमा समेत सभामुखले मतविभाजन प्रक्रिया अघि बढाएनन् बरु कात्तिक १० गतेसम्मका लागि बैठक स्थगित गरिदिए । 

    अहिले वाग्मती प्रदेशसभामा अष्टलक्ष्मी शाक्य प्रष्ट अल्पमतमा छिन् । तर, विश्वासको मतको छिनोफानो नलाग्दा अल्पमतमा परेको प्रष्ट हुँदा हुँदै पनि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्न सकेको छैन । 

    नयाँ मुख्यमन्त्रीका लागि एकीकृत समाजवादीको वाग्मती प्रदेशसभा संसदीय दलका अध्यक्ष राजेन्द्र पाण्डे र नेपाली काँग्रेस वाग्मती प्रदेश संसदीय दलका अध्यक्ष इन्द्र बानियाँबीच आकांक्षी छन् । दुई पार्टीबीच आधा आधा समय सरकार चलाउने सहमति समेत भइसकेको छ । 

    प्रदेशसभामा विश्वासको मत प्राप्त नभएको पत्र प्रदेश प्रमुखसमक्ष पुगेपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि संसदमा रहेका दलहरुलाई आह्वान गर्ने व्यवस्था छ । बहुमत सदस्य रहेको पार्टीको समर्थन जुटाउनसक्ने संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीका रुपमा नियुक्त गर्ने व्यवस्था छ । 


    images
    images

    Logo