images
images

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ


  • 453
    SHARES
  • २०७८ कार्तिक ४ गते बिहीबार

    बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालिका–८ सिपाडोल बस्ने महोत्तरी भगाहा गाउँपालिका–३ स्थायी वतन भएका ४५ वर्षीय रामनाथ सिंहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

    उच्च अदालत पाटनको २०७७ माघ २० गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र ११ लाख रूपैयाँ जरिवाना भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कमलपोखरीबाट पक्राउ गरेको हो । 

    सिंहले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी पीडितलाई झुक्यानमा पारी प्रभु बैंक लिमिटेड, शाखा कार्यालय भक्तपुरको चेक काटी दिएकोमा बैंकिङ कसूरजन्य अपराध ठहर भई उच्च अदालत पाटनबाट उक्त फैसला भएको हो । 

    उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ । 

     


    images
    images

    Logo