images
images

३ करोड नाघ्यो इन्टरनेट प्रयोगकर्ताको संख्या, एकैवर्ष ९२ लाख थपिए


  • 526
    SHARES
  • २०७८ कार्तिक ४ गते बिहीबार

    ३ करोड नाघ्यो इन्टरनेट प्रयोगकर्ताको संख्या,  एकैवर्ष ९२ लाख थपिए

    काठमाडौं । नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या ९२ लाख जना थपिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्रयोगकर्ताको संख्या ९१ लाख ८९ हजार ८ सय ४० ले बढेको हो । यो वृद्धिसँगै कुल प्रयोगकर्ताको संख्या ३ करोड ९ लाख ९३ हजार पुगेको छ । 

    कुल प्रयोगकर्तामध्ये मोबाइल ब्रोडब्यान्डको प्रयोगकर्ता २ करोड २९ लाख ८५ हजार र फिक्स्ड ब्रोडब्यान्डको प्रयोगकर्ता ७७ लाख ९६ हजार रहेको छ । ब्रोडब्यान्ड अन्तर्गत फाइबर अप्टिक्स, केवल, वायरलेस, केबल, डीएसएल र स्याटेलाइट इन्टरनेट सेवा पर्छन् । 

    यस्तो प्रयोगकर्ताको संख्या आर्थिक वर्ष २०७४/७५ मा १ करोड ४९ लाख मात्रै रहेको थियो । आर्थिक वर्ष २०७५÷७६ मा १ करोड ९४ लाख आर्थिक वर्ष २०६÷७७ मा २ करोड १८ लाख रहेको प्रयोगकर्ता गत वर्षको अन्तिमसम्म ३ करोड नाघेको हो । 

    उता मोबाइल प्रयोगकर्ताको संख्या भने यो वर्ष करिब १४ लाखले मात्रै बढेको छ । यो अवधिमा मोबाइलको कुल प्रयोगकर्ता ३ करोड ८४ लाख पुगेको छ । 

    उता ल्यान्डलाइन टेलिफोनको प्रयोगकर्ता भने एक वर्षमा करिब २८ हजारले मात्रै बढेको छ । यो संख्या ७ लाख ८० हजारबाट बढेर गत असार मसान्तसम्म ८ लाख ८ हजार पुगेको हो । 


    images
    images

    Logo