काठमाडौं । टेलिकम सेवाको मर्मत तथा स्तरोन्नतिको लागि मात्रै एक वर्षमा ७ अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार विभिन्न १३ वटा मोबाइल तथा इन्टरनेट सेवा प्रदायकबाट ७ अर्ब ९ करोड ६७ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको हो ।
यसरी आयात गर्नेमा एनसेल सबैभन्दा पहिलो नम्बरमा रहेको छ । एनसेलले मात्रै यो अवधिमा ३ अर्ब ४१ करोड रुपैयाँ बराबरको सहटी सुविधा लिएको छ । यो कुल रकमको ४८.११ प्रतिशत हो ।
एनसेलपछि वल्र्डलिङ्क कम्युनिकेसनले १ अर्ब ६६ करोड रुपैयाँ रकमको सहटी सुविधा लिएको छ । त्यस्तै, भायनेटले ५८ करोड ७ लाख, टेकमाइन्ड नेटवर्कले २३ करोड ७ लाख, क्लासिक टेकले २१ करोड ३६ लाख रुपैयाँ बराबरका सहटी सुविधा लिएका छन् ।