काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा बजेटको व्यवस्था नगर्दा सिमकोट विमानस्थल विस्तारको काम रोकिएको छ । बजेट नुहँदा विमानस्थल विस्तार कार्य अगाडि बढाउन नसकिएको नागरिक उड्ड्यन प्राधिकरण सिमकोट शाखाले जनाएकाे छ ।
हालको विमानस्थलभन्दा डेढ सय मिटर पश्चिमतर्फको जग्गा अधिग्रहणका लागि सबै प्रक्रिया पूरा भइसकेको छ । जसका लागि ६०.८१ रोपनी जग्गा विमानस्थल विस्तारका लागि लिन लागिएको छ । यसमा ९ वटा घर पनि अधिग्रहण हुनेछन् ।
जुम्ला विमानस्थल विस्तारका लागि भने बजेटको व्यवस्था भएकोले काम अघि बढिसकेको छ ।