images
images

स्रोत नखुलेको ८० लाख नगद सहित एक जना पक्राउ


  • 360
    SHARES
  • २०७८ कार्तिक ४ गते बिहीबार

    स्रोत नखुलेको ८० लाख नगद सहित एक जना पक्राउ

    भक्तपुर । स्रोत नखुलेको ८० लाख नगद सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा बाग्लुङ गल्कोट नगरपालिका–१० पाण्डवखानी घर भएका ३६ वर्षीय चित्र बहादुर पुन मगर रहेका छन् । 

    मध्यपुर ठिमी नगरपालिका –१ लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख रूपैयाँ सहित काठमाडौं कोटेश्वर बस्ने उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । 

    लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुण्डीको कारोवार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले मगरलाई बा।४९ प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रूपैयाँ सहित नियन्त्रणमा लिई अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप नगद ५० लाख रूपैयाँ फेला पारेको हो । 

    उनलाई आवश्यक कारवाहीको लागि सम्पत्ति शुद्धिकरण बिभाग हरिहरभवन ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।


    images
    images

    Logo