images
images

पहिरामा परी बझाङमा चारको मृत्यु


  • 236
    SHARES
  • २०७८ कार्तिक ३ गते बुधबार

    पहिरामा परी बझाङमा चारको मृत्यु

    काठमाडौं । बझाङको खप्तडछान्ना गाउँपालिकामा पहिरामा परी चारजनाको मृत्यु भएको छ । 

    घरमाथि बाट पहिरा खसेर घर पुरिँदा खप्तडछान्ना गाउँपालिकाको माझीगाउँ र कालुखेतीका दुई÷दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा वडा नं ४ माझीगाउँका अन्दाजी ४५ वर्षीय धर्मराज रोकाया र ४१ वर्षीया उनकी श्रीमती रहेका छन् । 

    त्यस्तै वडा नं ५ कालुखेतीका अन्दाजी ४७ वर्षीय विरु गिरी र उनकी ४५ वर्षीया श्रीमती चन्द्रा गिरीको पनि पहिरामा परी मृत्यु भएको प्रहरीले जनाएको छ । 

    पहिराले घर भत्काएपछि च्यापिएर मृत्यु भएको खबर आएको र छान्ना प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ खटाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खडकाले बताए ।


    images
    images

    Logo