images
images

नेपाल सरकार र विश्व बैंकबीच २० अर्ब ऋण सम्झौता


  • 451
    SHARES
  • २०८१ कार्तिक १३ गते मंगलबार

    नेपाल सरकार र विश्व बैंकबीच २० अर्ब ऋण सम्झौता

    काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीचमा २० अर्बको ऋण सम्झौतामा हस्ताक्षर भएको छ । यसअघि नै बाढी पहिरोको विपतसँग जुध्नका लागि नेपाललाई दिने भनेर स्वीकृत भएको १५ करोड अमेरिकी डलर (२० अर्ब रुपैयाँ बराबर) को ऋण सम्झौतामा हस्ताक्षर भएको हो । 

    विपद प्रतिकार्यका लागि खर्च गर्नका लागि विश्व बैंकले १५ करोड अमेरिकी डलर बराबरको नीतिगत ऋण सहायता स्वीकृत यसअघि नै गरेको थियो । 
     
    ऋण सम्झौतामा अर्थसचिव रामप्रसाद घिमिरे र विश्व बैंका तर्फबाट क्षेत्रीय निर्देशक डेभिड सिस्लेनले हस्ताक्षर गरेका छन् । 

    केही समय पहिलेको बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ । यो क्षतिपछि स्वदेशकै निजी क्षेत्रबाट अनुदान सहायता मागिरहेको सरकारलाई दातृ निकायका तर्फबाट यो ऋण स्वीकृत भएको हो । यो ऋण रकमबाट सरकारले संस्थागत क्षमता विस्तार तथा विपत प्रतिकार्यमा खर्च गर्नसक्नेछ । सरकार आफैले योजना बनाएर खर्च गर्न मिल्ने यो सुविधा लचकदार मानिन्छ । 


    images
    images

    Logo