images
images

तीन महिनामा ६ अर्बको खाद्यान्न आयात, निर्यात एक कराेडकाे मात्रै


  • 458
    SHARES
  • २०८१ कार्तिक १३ गते मंगलबार

    तीन महिनामा ६ अर्बको खाद्यान्न आयात, निर्यात एक कराेडकाे मात्रै

    काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ३ महिनामा ६ अर्ब रुपैयाँ बराबर रकमको खाद्यान्न आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा यस्तो अवस्था देखिएको हो । 

    विभागका अनुसार साउन भदौ र असोज गरी तीन महिनामा ६ अर्ब ९७ करोड २० लाख ९० हजार रुपैयाँको खाद्यान्न वस्तु आयात भएको हो । 

    गत आर्थिक वर्षकाे साेही अवधिमा ११ अर्ब ६० करोड ७४ लाख रुपैयाँ बराबर रकमकाे खाद्यान्न आयात भएको थियाे । त्यसअघि आव २०७९/०८० काे तीन महिनामा ९ अर्ब २६ करोड रुपैयाँको खाद्यान्न आयात भएको थियो ।

    चालू आर्थिक वर्षकाे तीन महिनामा १ करोड ७ लाख ५७ हजार रुपैयाँको मात्रै खाद्य वस्तु निर्यात गरिएको छ । चालु आर्थिक वर्षको तीन महिनामा ६ अर्ब ९६ करोड १३ लाख ३३ हजार रुपैयाँ नेपालले खाद्यान्नमा व्यापार घाटा व्यहोरेको छ । 

    यस्तै, सो कारोबारबाट सरकारले ६३ करोड २७ लाख ७९ हजार राजस्व सङ्कलन गरेको विभागको तथ्याङ्कमा उल्लेख छ । सो अवधिमा १ लाख २४ हजार ११८ मेट खाद्यान्न आयात भएको हो । 

    यी खाद्यान्न चीन, भारत, ब्रजिल, थाइल्याण्ड लगायत मुलुकबाट आयात हुन्छ । यहाँबाट, चामल, गहुँ, मकै लगायत विभिन्न खाद्य वस्तु आयात हुने विभागको तथ्याङ्कमा उल्लेख छ ।


    images
    images

    Logo