images
images

दुई महिनामै भित्रिए ३ अर्ब ८२ करोडका ईभी, कुन देशबाट कति आए ?


  • 417
    SHARES
  • २०८१ आश्विन ८ गते मंगलबार

    दुई महिनामै भित्रिए ३ अर्ब ८२ करोडका ईभी, कुन देशबाट कति आए ?

    काठमाडौं । दशैंलाई लक्षित गर्दै ईभी गाडीका बिक्रेता कम्पनीहरूले विभिन्न देशबाट उच्च मात्रामा गाडी भित्रिएको देखिएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङकले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो महिनासम्ममा ठूलो परिणाममा ईभी आयात भएको देखाएको हो ।

    भन्सार विभागका अनुसार दुई महिनामा मात्रै ३ अर्ब ८२ करोड ७४ लाख ९१ हजार रुपैयाँ बराबरको एक हजार ६०२ वटा ईभी सवारी (कार,जीप र भ्यान) नेपाल भित्रिएका हुन् । साउन महिनामा भने ८९ करोड ७० लाख २१ हजार रुपैयाँ बराबरका ३८१ वटा मात्र ईभी गाडी नेपाल आएका थिए ।

    जुन साउनको तुलनामा भदौमा ४.२० गुणा बढी ईभी गाडी भित्रिएका हुन् । भदौमा चीनबाट ५० किलोवाट क्षमता भएका ३६१ वटा ईभी गाडी भित्रिएको विभागले बताएको छ । ७१ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको उक्त गाडी भित्रिदा सरकारले त्यहाँबाट ३१ करोड ७ लाख २५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

    यस्तै, भारतबाट ५० किलोवाट मोटर क्षमता भएका ३२ करोड ६६ लाख ४८ हजार मूल्यको १९९ वटा गाडी आयात भएका छन् । जसबाट सरकारले १४ करोड १३ लाख ४३ हजार रुपैयाँ कमाएको विभागले जानकारी दिएको छ ।

    यसैगरी ५१ देखि १०० किलोवाट क्षमताका ईभी गाडी भारतबाट २७६ र चीनबाट ६६२ गरी जम्मा ९३८ वटा ईभी गाडी आयात भएका छन् । २ अर्ब ४३ करोड २१ लाख २५ हजार रुपैयाँको उक्त गाडी आयात हुँदा सरकारले एक अर्ब ५५ करोड १ लाख ७१ हजार रुपैयाँ राजश्व संकलन गरेको विभागको तथ्याङकले देखाएको छ ।

    विभागका अनुसार १०१ देखि २०० किलोवाट क्षमताका ईभी गाडी अमेरिकाबाट १ र चीनबाट ९८ वटा भित्रिएका छन् । उक्त देशबाट ३२ करोड २९ लाख ९२ हजार बराबरको उक्त गाडी आयात भएका हुन् ।

    २०१ किलोवाट भन्दा बढी क्षमता भएका ईभी गाडी चीनबाट २ वटा र जरमनिबाट १ वटा आएका छन् । नेपालमा केही महिना अगाडि सम्पन्न नाडा अटो शोमा ईभी गाडीको उच्च बुक हुँदा डेलिभरीको लागि पनि आयात गरेको बताइन्छ । 


    images
    images

    Logo