images
images

भदौमा घट्यो घरजग्गा कारोबार


  • 439
    SHARES
  • २०८१ आश्विन ५ गते शनिबार

    भदौमा घट्यो घरजग्गा कारोबार

    काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौमा घरजग्गाको कारोबार घटेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षको भदौको तुलनामा यसपटक घरजग्गाको कारोबार १०.५९ प्रतिशतले घटेको हो । 

    गत आर्थिक वर्ष २०८०/८१ को भदौ महिनामा ३६ हजार ६८६ वटा लिखतपारित भएका थिए । उक्त संख्यामा यसपटक १०.५९ प्रतिशतले घटेर ३२ हजार ७९८ वटामा सिमित भएको छ । 

    कारोबारमा गिरावट आएको भएतापनि राजस्व संकलन भने तुलनात्मक रुपमा बढेको छ । गत आर्थिक वर्षको भदौमा घरजग्गाको कारोबारवापत ३ अर्ब ४ करोड ५९ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । जुन, यसपटक बढेर ३ अर्ब ९ करोड २ लाख
    रुपैयाँ पुगेको तथ्यांकमा जनाइएको छ । 

    भदौ महिनामा भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाबाट सबैभन्दा धेरै लिखतपारित भएको छ । उक्त कार्यालयबाट १ हजार ६५१ लिखतपारित भएको तथ्यांकमा जनाइएको छ । त्यस्तै, भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, जनकपुरधाम र राजविराजबाट पनि हजार भन्दा धेरैवटा लिखतपारित भएका छन् । 


    images
    images

    Logo