images
images

पौने २५ खर्ब पुग्यो नेपालको सार्वजनिक ऋण, एकै महिनामा थपियो ४१ अर्ब


  • 444
    SHARES
  • २०८१ भाद्र १४ गते शुक्रबार

    पौने २५ खर्ब पुग्यो नेपालको सार्वजनिक ऋण, एकै महिनामा थपियो ४१ अर्ब

    काठमाडौं । नेपालको सार्वजनिक ऋण पौने २५ खर्ब पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदनले आन्तरिक र बाह्य गरी नेपालले तिर्नुपर्ने ऋण कुल २४ खर्ब ७२ अर्ब पुगेको देखाएको छ । 

    २०८१ असार मसान्तसम्म आन्तरिक र बाह्य गरी कूल सार्वजनिक ऋण २४ खर्ब ३१ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो । तर आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा नै सार्वजनिक ऋण ४१ अर्ब ११ करोड रुपैयाँ बढ्न गएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । 

    कार्यालयका अनुसार हाल कूल ऋणमध्ये ४८.६९ प्रतिशत अर्थात् १२ खर्ब ३ अर्ब ९० करोड रुपैयाँ आन्तरिक ऋण रहेको भने ५१.३१ प्रतिशत अर्थात् १२ खर्ब ६८ अर्ब ५४ करोड रुपैयाँ बाह्य ऋण रहेको छ । 

    आर्थिक वर्षको पहिलो महिना आन्तरिकतर्फ २३ अर्ब रुपैयाँ ऋण थपिएको छ भने बाह्यतर्फ १८ अर्ब ११ करोड रुपैयाँ थपिएको छ । यस्तै, सोही अवधिमा आन्तरिकतर्फ १७ अर्ब र बाह्यतर्फ २ अर्ब २७ करोड ५ हजार गरी एकमुस्ट १९ अर्ब २७ करोड ५ हजार रुपैयाँ साँवा ब्याज भुक्तानी गरिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । 

    योसँगै सार्वजनिक ऋणको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आधारमा ४३.३४ प्रतिशत पुगेको छ । 


    images
    images

    Logo