images
images

प्रोटेक्टिभ माइक्रोले आईपीओ निष्काशन गर्ने,  बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल


  • 309
    SHARES
  • २०८१ श्रावण २५ गते शुक्रबार

    प्रोटेक्टिभ माइक्रोले आईपीओ निष्काशन गर्ने,  बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

    काठमाडौं । प्रोटेक्टिभ माइक्रोले आईपीओ निष्काशन गर्ने भएको छ ।  इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको हो ।

    विहिवार सम्पन्न उक्त सम्झौता पत्रमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोका र एनआइएमबि एस क्यापिटलको तर्फबाट महाप्रवन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन ।

    प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड २०७९ पुष १२ गते कम्पनी रजिष्ट्रार कम्पनीमा दर्ता भई २०७९ चैत २९ गते नेपाल बीमा प्राधिकरणबाट निर्जीवन लघुबीमा व्यवसाय सञ्चालनार्थ अनुमित प्राप्त लघुनिर्जीवन बीमा कम्पनी हो । 

    धनगढी कैलालीमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीले हाल सम्म २९ वटा कार्यालय मार्फत लक्षित वर्गलाई लघुबीमा सेवा प्रदान गर्दै आएको छ ।

     


    images
    images

    Logo