काठमाडौं । साताको अन्तिम दिन अथात् विहीबार शेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.७० अंकले बढेर २ हजार ७ सय ६६ दशमलव ३८ विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका ३ सय २२ स्क्रिपको २० अर्ब ७ करोड रुपैयाँ बरारबको ५ करोड ९ लाख कित्ता शेयर किनबेच भएको छ । विहीबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो अथात् बुधबार १७ अर्ब ९५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
बिहीबार ६ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ५.८७ प्रतिशत बढेको छ। यस दिन लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने अरु उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.२७ प्रतिशत घटेको छ।
आज ७९ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ५९ कम्पनीको शेयर मुल्य घटेको छ भने ४ कम्पनीको शेयर मुल्य स्थिर छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब २० करोडको शेयर कारोबार भएको छ । हिमालयन रि–इन्स्योरेन्सको १ अर्ब ७ करोडको शेयर कारोबार भएको छ । निफ्राको ९२ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ६ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा कर्णाली डेभलपमेन्ट बैंक, शिवम सिमेन्ट्, घोराही सिमेन्ट, मिड सोलु हाइड्रोपावर, सोनापुर मिनरल्स एण्ड आयल र सर्वोत्तम सिमेन्ट रहेका छन् । त्यस्तै, यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने विशाल बजार कम्पनी र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।



