images
images

६६ लाख कित्ता आईपीओ जारी गर्दै पिपुल्स इनर्जी


  • 349
    SHARES
  • २०८१ श्रावण २४ गते बिहीबार

    ६६ लाख कित्ता आईपीओ जारी गर्दै पिपुल्स इनर्जी

    काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले साधारण सेयर (आइपिओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा आयोजना प्रभावित र सर्वसाधारणका लागि ६६ लाख कित्ता आइपीओ निष्काशनका लागि बोर्डसँग अनुमति मागेको हो । 

    आइपिओ जारी गर्न सबै प्रक्रिया पूरा गरी बोर्डमा आवेदन दिइएको पिपुल्स इनर्जी लिमिटेडका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

    कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटल र सेयर प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ । पिपुल्सलाई आइपीओ जारी गर्न विद्युत नियमन आयोगले गत २२ साउनमा सहमति दिएको थियो। धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्काशन प्रक्रिया अघि बढाउनेछ ।

    कम्पनीले दोलखा र रामेछापको सीमा नदी खिम्ती खोलामा ४८.८ मेगावाट क्षमताको खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

    २०८१ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आयोजनाका हेडवक्र्स, इन्टेक, सुरुङ्, विद्युत गृहलगायत संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको पिपुल्सका कम्पनी सचिव जनार्दन अर्यालले जानकारी दिए ।

    आयोजनाको हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण जडानकार्य जारी छ । आयोजनाबाट उत्पादित विद्युत गर्ज्याङ्ग-खिम्ती शवस्टेशनमा चार्ज गर्ने गरी भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) १ सय ३२ केभी क्षमताको प्रसारण लाइन निर्माणको कामसमेत जारी रहेको अर्यालले बताए ।

    सानिमा बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन भएको उक्त आयोजनाको हालसम्म ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ ।


    images
    images

    Logo