काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको लकइन अवधि भदौ २५ गतेदेखि समाप्त हुने भएको छ। कम्पनीले संस्थागत लगानीकर्ता तथा सामूहिक लगानी कोषहरुको लागि छुट्याएको साधारण शेयरको लकइन अवधि सो दिन समाप्त हुने भएको हो।
कम्पनीले जारी पूँजीको ४ अर्ब ६५ करोडमध्ये १२.९०३३ प्रतिशतले हुन आउने कुल ६० लाख कित्ता साधारण शेयरमध्ये ४० प्रतिशत अर्थात २४ लाख कित्ता शेयर योग्य संस्थागत लगानीकर्ताहरुलाई बाँडफाँट गरेको थियो।
त्यस्तै, सर्वसाधारणका लागि निष्काशन गर्न छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार २ सय २७ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरेको थियो। सोही २४ लाख ५४ हजार २ सय २७ कित्ता शेयरको लक इन अवधि भदौ २५ गते सकिन लागेको हो।
योग्य संस्थागत लगानीकर्ताहरुमा बिक्री गरिएको शेयरको कट अफ मूल्य ४०१ रुपैयाँ निर्धारण भएको थियो भने सामूहिक लगानी कोषहरुले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा आवेदन दिएका थिए।



