images
images

१०८ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो


  • 400
    SHARES
  • २०८१ श्रावण २३ गते बुधबार

    १०८ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

    काठमाडौं । शेयर बजार बढेर बन्द भएको छ । मंगलबार १४५ अंक घटेको नेप्से, यस दिन १०० अंकभन्दा बढी बढेर बन्द भएको हो ।

     
    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०८.३५ अंकले बढेर २ हजार ७ सय ५९ दशमलव ६७ विन्दुमा पुगेको छ । सो दिन ३ सय ३० स्क्रिपको १७ अर्ब ९५ करोड रुपैयाँ बराबरको ३ करोड ८० लाख कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च, २३ अर्ब ७१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ७.८९ प्रतिश बढेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक ७.६३ प्रतिशत बढेको छ भने व्यापार, जलविद्युत र होटल तथा पर्यटन उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ।

    बुधबार कारोबारमा आएका २ सय ३९ कम्पनीको शेयर मूल्य बढेको छ । ३ कम्पनीको शेयर मुल्य घटेको छ । 

    आज सबैभन्दा धेरै हिमालयन रि– इन्स्योरेन्सको शेयर खरिद विक्री भएको छ । आज यस कम्पनीको १ अर्ब ५३ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको ६५ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा माइ हाइड्रोपावरको ५५ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज कारोबारमा आएका १० कम्पनीको शेयर मूलयमा सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा बोटलर्स नेपाल (बालाजु), गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, नेपाल रिइन्स्योरेन्स कम्पनी, मैलुङ खोला जलविद्युत, दोल्ती पावर कम्पनी, सिटि होटल, हिमालयन रि–इस्योरेन्स र सेन्ट्रल फाइनान्स रहेका छन् । त्यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । 


    images
    images

    Logo