images
images

नेपाल माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल


  • 361
    SHARES
  • २०८१ श्रावण २३ गते बुधबार

    नेपाल माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल

    काठमाडौं ।  नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन तथा विक्रीका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ ।

    उक्त सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धकसचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्। 

    इन्स्योरेन्सले चुक्ता पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो।

    कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २२ लाख ५० हजार कित्ता सेयर बिक्री गर्न बिक्री प्रबन्धकसँग सम्झौता गरेको छ। नेपाल बीमा प्राधिकरणले लघु बीमा व्यवसाय गर्ने प्रयोजनका लागि २०७९ मा सातवटा माइक्रो इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिएको थियो।

    कम्पनीले गत वैशाख २६ देखि व्यवसाय सुरु गरेको थियो। कम्पनीले गत असार मसान्तसम्म १० करोड रुपैयाँ बीमा प्रिमियम संकलन गरेको छ।


    images
    images

    Logo