images
images

१४५ अंकले घट्यो नेप्से, कारोबार रकम भने हालसम्मकै उच्च


  • 420
    SHARES
  • २०८१ श्रावण २२ गते मंगलबार

    १४५ अंकले घट्यो नेप्से, कारोबार रकम भने हालसम्मकै उच्च

    काठमाडौं । शेयर बजार घटेर बन्द भएको छ । यस दिन काराेबार रकम भने हालसम्मकै उच्च भएकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४५.०५ अंकले घटेर २ हजार ६ सय ५१ दशमलव ३२ विन्दुमा पुगेको छ । 

    मंगलबार कारोबारमा आएका ३ सय २२ स्क्रिपको २३ अर्ब ७१ करोड रुपैयाँ बराबरको ५ करोड ३८ लाख कित्ता शेयर किनबेच भएको छ । यस दिन कारोबार रकम हालसम्मकै उच्च् हो । यस अघि हालसम्मकै उच्च कारोबार साउन १६ गते बुधबार २१ अर्ब ९१ करोडको शेयर खरिदविक्री भएको थियो । यस दिन नेप्सेले सो कारोबार रकमको रेकर्ड तोडिएको हो । 

    नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । सोमबार २१ अर्ब ८६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज कारोबारमा आएका ८ कम्पनीको शेयर मुल्य बढेको छ । २ सय ३३ कम्पनीको शेयर मुल्य घटेको छ भने १ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    यस दिन १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक ८ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै, यस दिन लगानी र जीवन बीमा उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्सको शेयर कारोबार भएको हो । आज यस कम्पनीको १ अर्ब ३९ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ४८ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीइडिबी हाइड्रोको ४३ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा थ्रि स्टार हाइड्रोपावर रहेको छ । त्यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मुल्य ९.९७ प्रतिशतले बढेको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ। 

    यस दिन नेपाल फाइनान्स, गोर्खाज फाइनान्स, सेन्ट्रल फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, शुभम पावर, हाथवे इन्भेष्टमेन्ट र ओरियन्टल होटलको शेयर नकारात्मक सर्किट लागेको छ । 


    images
    images

    Logo