काठमाडौं । सोमबार शेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४०.७६ अंकले बढेर २ हजार ७ सय ९६ दशमलव ३८ विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएको ३ सय २६ स्क्रिपको २१ अर्ब ८६ करोड रुपैयाँ बराबरको ४ करोड ९७ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नप्सेसँगै कारोबार रकम पनि बढेको छ । विहीबार २१ अर्ब ४८ करोड रुपैयाँ बरारबको शेयर कारोबार भएको थियो । सोमबार कारोबारमा आएका १ सय ६१ कम्पनीको शेयर मुल्य बढेको छ । ७८ कम्पनीको शेयर मुल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थिर छ ।
होटल तथा पर्यटन समूहको उपसूचक आज सबैभन्दा धेरै ६ दशमलव ६९ प्रतिशतले बढेको छ । त्यस्तै, जलविद्युत् समूह ३ दशमलव ०९, लगानी ३ दशमलव ५२, जीवन बीमा ३ दशमलव २३, जीवन बीमा १ दशमलव २५, व्यापार ५ दशमलव ७० र अन्य समूह ५ दशमलव ७३ प्रतिशतले बढेको छ । अरु समूहको उपसूचक भने रातो देखिएको छ ।
आज सबैभन्दा हिमालयन रि–इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब २६ करोड रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ४९ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा माइ हाइड्रोको ४४ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका ८ कम्पनीको शेयर मुल्यमा सकारात्म सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमारुरु जलविद्युत कम्पनी, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट, सगरमाथा जलविद्युत, कुथेली बुखारी स्मल हाइड्रोपावर, भगवती हाइड्रोपावर, माथिल्लो मैलुङ खोला जलविद्युत , भिजन लुम्बिनी उर्जा र मुक्तिनाथ कृषि कम्पनी रहेका छन् ।



