images
images

२२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्दै गार्डियन माइक्रो लाइफ


  • 1.9K
    SHARES
  • २०८१ श्रावण २१ गते सोमबार

    २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्दै गार्डियन माइक्रो लाइफ

    काठमाडौं । गार्डियन माइक्रो लाइफले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले कुल २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो । 

    कम्पनीले शेयर खरिद प्रत्याभुति सेवाको लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई नियुक्त गरेको छ । सोमबार एक कार्यक्रमका बीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र गार्डियान माइक्रो लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले शेयर प्रत्याभुित प्रदान गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।


    images
    images

    Logo