images
images

सातामा १८७ अंकले बढ्यो नेप्से, आगामी साता के होला ?


  • 392
    SHARES
  • २०८१ श्रावण १९ गते शनिबार

    सातामा १८७ अंकले बढ्यो नेप्से, आगामी साता के होला ?

    काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से १८७.४९ अंक बढेर २ हजार ७ सय ५५ दशमलव ६२ विन्दुमा पुगेको छ। ५ करोबार दिनमध्ये यस साता ३ कारोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन सामान्य अंक घटेको थियो। 

    नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा १४ अर्ब ७२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १९ अर्ब २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

    १३ उपसमूहमध्ये यस साता ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक २०.३२ प्रतिशत बढेको छ। सबैभन्दा कम बढ्नेमा भने यस साता उत्पादन तथा प्रशोधन उपसमूह रहेको छ। सो उपसमूहको परिसूचक यस साता १.०५ प्रतिशत बढेको छ। यस साता लघुवित्त र व्यापार उपसमूहको परिसूचक भने घटेका छन्। यी दुबै उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेका छन्। व्यापार उपसमूहको परिसूचक यस साता सर्वाधिक ३.४५ प्रतिशत घटेको छ। 

    साताको पहिलो कारोबार दिन नै नेप्से एकैदिन ११३ अंक बढेर २ हजार ६ सय ८१ दशमलव ५६ विन्दुमा पुगेको छ । सो दिन १५ अर्ब ६९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सोमबार भने शेयर बजार सामान्य अंकले घटेको थियो । सो दिन २०.४६ अंकले घटेर २ हजार ६ सय ६१ दशमलव ९ विन्दुमा पुगेको छ । सोमबार १९ अर्ब ४४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    त्यस्तै, मंगलबार ३५.५५ अंकले बढेर २ हजार ६ सय ९६ दशमलव ६५ विन्दुमा पुगेको छ । सो दिन १७ अर्ब १९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । बुधबार ६४.२६ अंकले बढेर २ हजार ७ सय ६० दशमलव ९१ विन्दुमा पुगेको छ । सो दिन २१ अर्ब ७१ करोड रुपैयाँ बराबरका शेयर कारोबार भएको थियो । 

    त्यस्तै, साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको थियो । सो दिन ५.२९ अंकले घटेर २ हजार ७ सय ५५ दशमलव ६२ विन्दुमा पुगेको छ । सो दिन २१ अर्ब ४८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    नयाँ सरकार गठन, नयाँ अर्थमन्त्री नियुक्ति अनि मौद्रिक नीति सार्वजनिक यी सबै कुराहरुले बजारमा आम लगानीकर्ताको मनोबल निकै बढेको देखिन्छ । नेप्से सूचक र दैनिक कारोबार रकम प्रवृत्तिले पनि यी कुराहरुको पुष्टि गर्दै आएको छ । 

    यद्यपि, सोमबार कारोबार रकममा व्यापक तेजी आए पनि नेप्से सूचक भने पटकपटकम हरियो र रातो भइरह्यो । बजारले निश्चित गति लिन नसकेको जस्तो देखिन्थ्यो । केही बेर नेप्से तथा कम्पनीका भाउहरु घट्ने तर केही समयपछि नै पुनः बढ्ने प्रवृत्ति दोहोरिरहेको छ । यसबीचमा ठूलो करेक्सन भने भएको छैन ।


    images
    images

    Logo