images
images

६४ अंकले बढ्यो नेप्से, कारोबार रकम हालसम्मकै उच्च


  • 422
    SHARES
  • २०८१ श्रावण १६ गते बुधबार

    ६४ अंकले बढ्यो नेप्से, कारोबार रकम हालसम्मकै उच्च

    काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६४.२५ अंकले बढेर २ हजार ७ सय ६० दशमलव ९० विन्दुमा पुगेको छ । 

    बुधबार कारोबारमा आएका ३ सय ३२ स्क्रिपको २१ अर्ब ८९ करोड बराबरको ५० करोड ९३ लाख कित्ता शेयर किनबेच भएको छ ।  यस दिनको कारोबार रकम हालसम्मकै उच्च हो। यस अघि २०७८ साउन ३१ गते नेप्सेमा २१ अर्ब ६४ करोडका शेयर खरिदबिक्री भएको थियो। यस दिन नेप्सेमा सो कारोबार रकमको रेकर्ड तोडिएको हो।

    आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार १७ अर्ब २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।  आज कारोबारमा आएका १ सय ९१ कम्पनीको शेयर मूल्य बढेको छ । ४४ कम्पनीको शेयर मुल्य घटेको छ भने ७ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ८.०८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक ६.८९ प्रतिशत बढेको छ भने विकास बैंक र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।

    कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स रहेको छ । सो कम्पनीको यस दिन ८४ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन माउन्टेन इनर्जीको ४१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको ४० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

    आज १० कम्पनीको शेयर मुल्यमा सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा युनाइटेड अजोड इन्स्योरेन्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, रिलायन्स फाइनान्स, दिव्येश्वरी हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, कुथेली बुखारी स्मल हाइड्रोपावर, नेपाल वेयरहाउसिङ कम्पनी र प्रोग्रेसिभ फाइनान्स रहेका छन् । 


    images
    images

    Logo