images
images

सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट


  • 285
    SHARES
  • २०८१ श्रावण १६ गते बुधबार

    सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट

    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्काशन अर्थात एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान ८ बजे एफपीओ बाँडफाँट भएको हो।

    लघुवित्तले साउन ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ हजार ७ सय २९ कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल १५ लाख ६४ हजार ४२३ आवेदन गरेको थियो। जसमध्ये १ हजार १०१ आवेदन रद्द भएका छन् भने १५ लाख ६३ हजार ३ सय २२ आवेदन स्वीकृत भएका छन्।

    स्वीकृत आवेदनमध्ये ४ हजार ६ सय ७२ जनालाई १० कित्ताका दरले लघुवित्तको शेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ। त्यसरी बाँडफाँट गर्दा शेष रहेको ९.५४५ कित्ता शेयरमध्ये ९ जनालाई एक कित्ताका दरले र एक जनालाई ०.५४५ कित्ता (मिलान गर्द १ कित्ता) शेयर बाँडफाँट गरेको छ।

     


    images
    images

    Logo