काठमाडौं । सोमबार शेयर बजार घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन ११३ अंक बढेको नेप्सेमा यस दिन भने घटेर बन्द भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.४६ अंकले घटेर २ हजार ६ सय ६१ दशमलव ९ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय २५ स्क्रिपको १९ अर्ब ६० करोड रुपैयाँ बराबरको ४ करोड ७७ लाख कित्ता शेयर किनेबच भएको छ ।
सोमबार नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । आइतबार १५ अर्ब ८१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज कारोबारमा आएका ७० कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ६८ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मुल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.८८ प्रतिशत बढेको हो भने जलविद्युत उपसमूहको परिसूचक ०.८१ प्रतिशत बढेको हो। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४.५४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन लघुवित्त उपसमूहको परिसूचक साढे ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६१ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको ५५ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३९ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
ुसोमबार नेपाल फाइनान्सको शेयर मुल्य ९.७७ प्रतिशतले बढेको छ भने मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्य ८.५८ प्रतिशतले बढेको छ । त्यस्तै, बराही हाइड्रोपावरको शेयर मूल्य ८.१६ प्रतिशतले बढेको छ ।



