images
images

सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट मिति तय


  • 915
    SHARES
  • २०८१ श्रावण १४ गते सोमबार

    सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट मिति तय

    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बुधवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडको कार्यालयमा विहान ८ बजे बाँडफाँटको तयारी गरेको जनाएको छ ।

    संस्थाले गत साउन ४ गतेदेखि एफपीओ बिक्री खुला गरेको थियो । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४६ हजार ७२९.५४५० कित्ता एफपीओ बिक्री खुला गरेको हो ।

    एफपीओमा माग भन्दा धेरै आवेदन परेको छ । सीडीएससीको अन्तिम तथ्याङक अनुसार उक्त एफपीओमा १६ लाख ५९ हजार बढीको आवेदन परेको छ । कम्पनीको अन्तिम तथ्याङक अनुसार एफपीओमा १६ लाख ५९ हजार ०७५ आवेदकबाट कुल २ अर्ब ३८ करोड ६३ लाख ४ हजार रुपैयाँ बराबरको २ करोड ३८ लाख ६३ हजार ४० सय कित्ता शेयर खरिद आवेदन परेको छ।

    मागभन्दा बढी आवेदन परेकै कारण यो एफपीओ गोलाप्रथाबाट बाँडफाँट गरिनेछ। जसमा भाग्यमानी ४ हजार ६७२ आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये ९ जनाले थप १–१ कित्ता शेयर पाउनेछन्। आवेदन परेको आधारमा उक्त एफपीओमा १६ लाख ५४ हजार ४०३ जनाको हात खाली हुने देखिएको छ ।


    images
    images

    Logo