काठमाडौं । साताको पहिलो दिन शेयर बजार ११३ अंकले बढेर बन्द भएको छ । आइतबार शेयर बजार उच्च अंकले बढ्दा एक दर्जन अथात् १२ कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ ।
जसमध्ये अधिकांश बैकिङ समुहहरु रहेका छन्। यसरी सर्किट लाग्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा, नेपाल एसबीआई बैंक, सानिमा बैंक, एनएमबी बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक र सिटिजन्स बैंक रहेका छन् ।
त्यस्तै, प्राइम कमर्शियल बैंक, कृषि विकास बैंक, नेपाल बैंक, ह्याथवे इन्भेष्टमेन्ट नेपाल र उपकार लघुवित्त रहेका छन् ।

