images
images

मौद्रिक नीतिपछिको पहिलो कारोबारको दिन शेयर बजारमा उछाल, ११३ अंकले बढ्यो नेप्से


  • 392
    SHARES
  • २०८१ श्रावण १३ गते आइतबार

    मौद्रिक नीतिपछिको पहिलो कारोबारको दिन शेयर बजारमा उछाल, ११३ अंकले बढ्यो नेप्से

    काठमाडौं । मौद्रिक नीतिपछिको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा उछाल आएको छ । आज बजार खलेको केही मिनेटमै नेप्सेमा २ पटक सर्किट ब्रेक लगोको थियो । पछि सम्हालिएको नेप्से  ११३.४२ अंकले बढेर २ हजार ६ सय ८१ दशमलव ५६ विन्दुमा कायम भएको छ ।

    गत शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले वाणिज्य बैंकहरुको खराब कर्जा घटाउने उद्देश्यले असल कर्जामा १.१ प्रतिशत मात्रै प्रोभिजन गरे पुग्ने व्यवस्था गरेको थियो। त्यस्तै, क्यापिटल एडिक्वेसी फ्रेमवर्कमा संशोधनको घोषणा, रेगुलेटरी रिटेल पोर्टफोलियोको सीमा साढे २ करोड बढाउनु, रेगुलेटरी रिजर्भको रकम टियर टु क्यापिटलमा गणना गर्न पाउनुजस्ता व्यवस्थाले बैंकहरुको नाफा बढाउने भएकोले लगानीकर्ताहरु वाणिज्य बैंकहरुमा आकर्षित भएका हुन्।

    आज कारोबारमा आएका ३ सय १८ स्क्रिपको १५ अर्ब ८१ रुपैयाँ बराबरको ४० करोड ३१ लाख कित्ता शेयर किनबेच भएको छ । आज १ सय ४८ कम्पनीको शेयर मुल्य बढेको छ । ८७ कम्पनीको शेयर मुल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    आज कारोबारमा आएका १३ परिसुचकका उपसुचक मध्ये माइक्राफाइनान्सको उपसुचक भने घटेको छ भने बाँकी १२ उपसुचक बढेका छन् । जसमा सवैभन्दा बढी बैंकिङ्ग उपसमूह ९.८९ प्रतिशतले बढेको छ । 

    आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३६ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३४ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रि इन्स्योरेन्स र शिवम् सिमेन्ट्सको कारोबार रकम ३२ करोड नाघेको छ। 

    आज कारोबारमा आएका १२ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । 


    images
    images

    Logo