images
images

एक मिनेटमै १ सय २ अंकले बढ्यो नेप्से, २० मिनेटका लागि कारोबार बन्द


  • 376
    SHARES
  • २०८१ श्रावण १३ गते आइतबार

    एक मिनेटमै १ सय २ अंकले बढ्यो नेप्से, २० मिनेटका लागि कारोबार बन्द

    काठमाडौं । मौद्रिक नीतिपछि नेप्से सूचक सर्किट लागेर बन्द भएको छ। बजार खुलेको पहिलो १ मिनेट ३१ सेकेन्डमा नै नेप्से सूचक ४ प्रतिशतले बढेपछि सर्किट लागेर २० मिनेटको लागि शेयर कारोबार बन्द भएको हो।

    नेप्से परिसूचक ४ प्रतिशतले बढेर २६७०.८२ को विन्दुमा उक्लिएको छ। बजार १०२.८२ अंकले बढेको हो। बजारमा २७ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

    हाल कार्यान्वयनमा रहेको ‘सर्किट ब्रेक’ सम्बन्धी व्यवस्था अनुसार कारोबार शुरू भएको पहिलो घण्टामा नेप्से परिसूचक चार प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ । त्यस्तै, दोस्रो घण्टामा पाँच प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घन्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगन हुने व्यवस्था छ ।


    images
    images

    Logo