images
images

३२ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो


  • 339
    SHARES
  • २०८१ श्रावण १० गते बिहीबार

    ३२ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

    काठमाडौं । साताको अन्तिम दिन विहीबार शेयर बजार बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन करिब साढे २७ अंकको करेक्सन भएको बजार, यस दिन पुनः बढेर बन्द भएको हो।

    आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२ अंकले बढेर २ हजार ५ सय ६८ दशमलव ११ विन्दुुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय २० स्क्रिपको १४ अर्ब १३ करोड रुपैयाँ बराबरको ३ करोड ५५ लाख कित्ता शेयर किनबेच भएको छ । 

    नेप्से बढेपनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो कारोबार दिन १६ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो । 

    आज कारोबारमा आएका १ सय ४३ कम्पनीको शेयर मूल्य बढेको छ । ९६ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थिर छ ।

    १३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ६.८३ प्रतिशत बढेको छ। त्यसतै, यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक करिब ३ प्रतिशत बढेको छ भने बैंकिङ्ग र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। 

    आज सबैभन्दा धेरै सानिमा जिआइसी इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३४ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको २४ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २३ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज एक कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा उपकार लघुवित्त रहेको छ ।  त्यस्तै, जीवन विकास लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने एशियन हाइड्रोपावरको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।  त्यस्तै, यस दिन गणपति लघुवित्त, राष्ट्रिय बीमा कम्पनी, आरएसडिसी लघुवित्त, नाडेप लघुवित्त लगायतका स्टकहरुको मूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ।


    images
    images

    Logo