images
images

२७ अंकले घट्यो नेप्से, कारोबार रकम १६ अर्ब २० करोडमाथि


  • 292
    SHARES
  • २०८१ श्रावण ९ गते बुधबार

    २७ अंकले घट्यो नेप्से, कारोबार रकम १६ अर्ब २० करोडमाथि

    काठमाडौं । बुधबार नेप्से परिसुचक घटेर बन्द भएको छ । पछिल्ला ६ कारोबार दिनदेखि निरन्तर बढीरहेको नेप्सेमा यस दिन भने घटेर बन्द भएको हो । 

    चालु आर्थिक वर्षको पहिलो कारोबार दिनदेखि निरन्तर बढीरहेको नेप्से, पछिल्लो ६ कारोबार दिनमा ३२२.९९ अंक बढेको थियो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.३२ अंकले घटेर २ हजार ५ सय २६ दशमलव ११ विन्दुमा पुगेको थियो ।

    बुधबार कारोबारमा आएका ३ सय ११ स्क्रिपको १६ अर्ब २० करोड रुपैयाँ बराबरको  ४ करोड ७ लाख कित्ता शेयर किनबेच भएको छ । नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन १४ अर्ब ११ करोडको शेयर कारोबार भएको थियो । 

    आज कारोबारमा आएका ४६ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ९४ कम्पनीको शेयर मुल्य घटेको छ भने २ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    १३ उपसमूहको परिसूचकमध्ये यस दिन ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशत बढेको छ। त्यस्तै, होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.१३ प्रतिशत बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.०९ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन बैंकिङ्ग, जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्सको शेयर कारोबार भएको छ । कम्पनीको ३६ करोड ७ लाख रुपौयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३४ करोड २२ लाख रुपौयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको २९ करोड ४७ लाख रुपौयाँको शेयर कारोबार भएको छ ।

    आज २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा बोटलर्स नेपाल तराई र एशियन हाइड्रोपावर रहेका छन् । चन्द्रागिरी हिल्सको शेयर मूल्य ९.७ प्रतिशतले बढेको छ भने समृद्धि फाइनान्सको शेयर मुल्य ९.६५ प्रतिशतले बढेको छ । 


    images
    images

    Logo