images
images

सूर्योदय वोमी लघुवित्तको एफपीओमा मागभन्दा ५१० गुणा बढी आवेदन


  • 409
    SHARES
  • २०८१ श्रावण ८ गते मंगलबार

    सूर्योदय वोमी लघुवित्तको एफपीओमा मागभन्दा ५१० गुणा बढी आवेदन

    काठमाडौं ।  सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओमा २ अर्ब ३८ करोड ३७ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

    सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा आज अन्तिम दिन साउन ८ गते साँझसम्ममा १६ लाख ५६ हजार ८२६ जनाले २ करोड ३८ लाख ३७ हजार ९०० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा ५१०.१३ गुणा बढी आवेदन हो । लघुवित्तले  १०० रुपैयाँमा ४६ लाख ७२ हजार ९५४ रुपैयाँ बराबरको एफपीओ निष्कासन गरेको हो । 

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४६ हजार ७२९.५४ कित्ता एफपीओ जारी गरेको हो । यस अनुसार यसमा ४ हजार ६७३ जनाले १०\१० कित्ताका दरले एफपीओ सेयर पाउने छन् । यस हिसाबले १६ लाख ५२ हजार १५३ जनाको हात खाली हुने भएको छ ।


    images
    images

    Logo